रहर, बाेध र लुकेकाे विषय

Posted on Updated on


प्रिय अनू,

लेख्दै नलेख्नु भन्दा लेखेकाे नै जाती । प्रकाशन गर्नु वा वेबसाईटमा राख्नु मात्र लेख्नुकाे उद्देश्य झन् हुंदै होईन । अाजकाे दिनसम्म साहित्यिक रचनाहरु बाल्यकाल देखि नै पढ्दै अायाैं लगभग १० १५ वर्ष त सबैले पढ्याैं । हरेक नयां शैक्षिक शत्रमा सबै नयाँ पाठ्य पुस्तक पढ्याैं । हरेक वर्ष अध्ययन गरिएका सबै विषयका शिर्षक गन्ति गर्ने हाे भने ५०० भन्दा बढी नै पढ्याैं ।

“……………..

सियाे खाेई सियाे

अैले यहि थियाे

अैले पर्याे काँ काँ

खाेजि…….।” देखि पारिजातकाे “शिरिषकाे फुल” (२०२२) सम्म सबै जाेडने हाे भने । सायद हामि सबैलाई प्रायः सामान्य ज्ञान सबै विषयमा छ । त्याे वाक्कै लाग्ने ४ कक्षा देखी पढनु पर्ने अङ्ग्रेजी देखी गणितका साध्य । अैक्षक गणित भन्ने वित्तकै Sin, Cos, Tan काे अझै नि याद अाई हाल्छ ।  अर्थसास्त्र भन्नसाथ माल्थासकाे सिद्धान्तकाे सम्झाना अाउँछ । मतलब साेच्दा हामिले धेरै नै शिर्षक र विषयकाे अध्ययन गर्यैा। हामिसंग धेरै विषयहरु छन् लेख्नकाे लागी ।

देवकाेटाका कविता र रचनाले पाठ्कहरुकाे मन त सहजै बल्थ्याे । त्यति दमदार थिए उनका रचनाहरु । तर उनकाे अाफ्नै घरमा एकदिन चुलाे नबल्दकाे झाेकमा शाकून्तल महाकाव्य नै लेखी भ्याए । यता हाम्राे लागी भने विश्व विधालयका लागि रिसर्च (research) अनि थेसिसकाे काे शिर्षक सम्म खाेज्न हम्य हम्य पर्छ । हुन नि जटिल काम नै हाे विषय छनाेट गर्नु । सहज छैन् विषय र त्यसकाे शिर्षक छनैट गर्न र खाेज्न । म याे ब्लग लेख्दै गर्दा यहि साेच्छु यतिका धेरै विषयहरु छन् समाजमा मेरै अाँखा वरिपरी । तर म अल्छि भएर नै हाे । मैले प्रयास नै गरेकाे छैन खासमा ।

हुनतः धेरै  लेखकहरुले लेखेका सबै लेखहरु लेखककाे नजरमा उत्कृष्ट नै हुन्छन । अाफु मरेर म बरु लेख्दै लेख्दिन् । फरक यति हाे जुनै पनि लेखमा शब्दहरु र त्यसकाे सन्देषमा कतिकाे वजन् छ । यसाे भन्दै गर्दा लेख्न हताेत्साहित गरेकाे भने हुंदै हाेईन् ।

प्रायः हरेकलाई जानकारि भएका केहि  लेखकहरुकाे लेखहरु अाजसम्मकै उत्कृष्ट लेख् हुन् । त्यतिकाे रचना म लगायत धेरैले अाजसम्म पाएका छैनन् । ति लेखहरु  ठयाक्कै बुझ्ने धेरै कम पाठ्क छन् । तर त्यस्ता रचनाहरु खाेजी खाेजी संङ्ग्रह गर्ने धेरै नै छन् । बुझेर वा अाधा बुझेर  वा नबुझेर । साप्ताहिकमा शुक्रबारकाे अंकमा उनकाे लेख् छापिन्थ्याे । अजभाेलि त्याे खण्डमा अरुनै मनाेरन्जनात्मक सामाग्रि प्रकाशन हुन्छ । पाण्डुलिपिमा धेरै मन गरेनन् सायद यसैकारण हाेला उनका हालसम्म २ देखि ३ वटा मात्र कृतिहरु प्रकाशित छन् । त्यहि छाेटाे लेखमा पिकासाेकाे चित्र देखि उंगुलिमालासम्म कति सहजै चर्चा गर्छन् । हुमरकाे कविता देखि एन्तेान चेकेवकाे कथा का बारे चर्चा गर्न भ्याउथे ।

अर्का लेखक (नाम नभनाैं) उनकाे सबैजसाे लेखमा दर्शनकाे जर्ति लगाउछन् । मुगलान देखी सुकारातका पाईलाहरु सम्म । सरुभक्तकाे प्रेमकाे कथा अाज भन्दा २० – २५ वर्ष अागाडी देखी चर्चामा थियाे । अाजसम्म पागल बस्ति नामका उपन्यासकाे मुख्य पात्र अादिमाता प्रतिकाे प्रेम अझै हरेक कृतिमा झल्किन्छ । त्यतिबेला उपन्यासमा प्रयाेग भएकि पात्र अादिमाता उनकै प्रेमीका सरिता प्रति समर्पण उपन्यास हाे भन्ने एकथरीकाे चर्चा थियाे । तर त्यति भन्दै गर्दा उनके लेखनलाई कुनै प्रभाव भने पारेन । धाराबासीलाई धर्म ग्रन्थका कथाहरुले अझै छाडेकाे छैन् । झोला (कथा) देखी राधा (उपन्यास) सम्मकाे यात्रा यिनै किंवदन्तिकाे भरमा चर्चाकाे शिखरमा अए । धेरै सन्देशमुलक उपन्यास लेखे उनले । सिनेमा बन्यो । रेडियाेमा बाचन भयाे । त्यस्तै लामिछानेकाे abstract चिन्तन प्याज अझ शिखरमा छ । अाैंलामा गन्न सकिन्छ त्यति थाेरै मात्र कृति प्रकाशन गरे । लेखे । यत्तिकाे गतिलाे अाख्यान सायदै कसैले लेखे । गैतम अर्का अाख्यानमा छाएका हस्ति हुन् । रहरै रहरमा नाम चलेका TV प्रस्ताेताले अाफ्नाे जड्याहा अादतकाे सरम नै नमानि नालिबेलि उच्च स्तरकाे मान्छे संगकाे उठबसलाई अाफ्नाे शेखकाे रुपमा अात्माकथा लेखे ।

त्यत्तिकाे लेख्ने हुनका लागी त अाजबाट लेख्ने बानिकाे सुरुवात गर्नु पर्याे । मलाई समेत कुन विषयमा लेखाैं भईराखेको छ । चाईनाकाे छाईिछङ् ग्याङ्जि प्रान्तमा काे अनाैठाे कथा सुनें निकै श्तब्ध बनायाे । बैवाहिक सम्बन्ध जाेगाउनका लागी अाफ्नै श्रीमानकाे  अण्डकाेष नै कर्दले काटेर निकालि दिएकि  थिईन् । सहनसिल असल गृहणी श्रीमान संग धेरै नै राम्राे सम्बंन्ध थियाे । साथै उनि २ वटा बच्चकी अामा समेत थिईन् । उिन गाइनाेकाेलाेजिस्ट हुन पेशाले । हाङ्ले १८ वर्षे रखैल राखेकाे थियाे । हेप्नु र सहनुकाे हद् पार भएपछि कल्पनै नगरिएकाे यस्तै ऊदाहरणहरु समाजमा धेरै छन् । माेडल वमिमा एरिले अाफ्नै श्रीमान बील नेलसन लाई रद्दिके टाेकरिमै फ्याकि दिएकि थिईन यति टुक्रा बनाईन कि रद्दिमा नअटेकाे बाँकी लाेग्नेकाे अंगहरु उमालेर अनि झिरमा पाेलेर खाएिक थिईन् । यस्ता उदाहरण जति नै भएपनि नरपिसाचहरुकाे अादत उस्ताकाे उस्तै । तर बानि परिसकेपछि अाफ्नै श्रीमतीले वा प्रेमिकाले जति नै महान काम गरे तापनि त्यसलाई सहजै स्विकार्न नसक्नु सायद यस्ता दुर्घटनाहरुकाे चुनाैति नै हाे । सुन्दै सिरिङ्ग भयाे ।

खयर यस्ते विशेष नै विषयमा समेत लेख्न खाेजेको हैन् । अब लेख्ने विषय केही भएन् । मैले केही नलेख्ने भए भन्ने मैले ठानिसकें । अझै घाेत्लिए । अनू । तिमिलाई नै विषय बनाउनु पर्ला । एउटा कुनै विषयबाट लेख्ने बानिकाे थालनि त नगरी हुदैन् । साेचें अब म भोलिबाट बिहानै गिलासमा तातो चियाकाे साथमा केहि न केहि अवश्य लेख्छु ।  साधारण सबैले बुझ्ने अझ भन्दा मेरो बाबु र अामा साथै खेत बारि वा शनिबारकाे छुट्टिकाे दिन छरिछिमेक जाे काेहीले जम्मा भएर पारिलो घाम ताप्दै ट्वाक्क अकबरे खुर्सानी र नुन पिंसेर थाेरै चिनिका दाना छरे पछिकाे निबुवा साँधेर दुनुबाट झोल चुहाउदै पारिले घाम ताप्दै चर्चा गर्न सकुन् । सहजै बुझुन् त्यति साधारण संग लेखैं भनेर बसेकाे । तर लेख्ने चैं पक्कै हाे ।

जदाै ।।।

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s