म कात्रो अाेडेरै सुत्छु ।
एकाेहाेराे शंख
टु ऊ ऊ ऊ ऊ ऊ ऊ ऊ
बजेकाे सुने – ब्युँझन्छु
बजिनै रहयाे भने
मलामी जम्मा हुन्छन् ।
जप्दै:
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज |
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच: || ६६||
यत्र तत्र सर्वत्र घण्टाहरु बज्छन ।
अाकाश गर्जिएकाे छ
झम्टिएझै लाग्छ
छैन डर त्रास अाकाङ्क्ष –
अाशाका क्लेस सम्म पनि रहेन्
जिजिविषाहरु चट्टना भैसके ।
सारा ब्रम्ह्मण्ड लागिपरेकाे छ
लैजा काल – टप्प टिपेर
माटाेकाे शरिर
झरेका छन् फूल र अविर दाेवाटै भरी
राम राम जप्दै
श्रीखण्ड र चन्दनकाे चितामा – दनदनि
एक मुठी खरानी – ढिकुराकाे लागी ।
अनि
कर्दले ताछीएका
मलामिका नाङ्गा टाउकाे सेक्न
अर्काे बिहानि हुन्छ ।
फेरी कुश उम्रन्छन्
तामामा ठाेसा पस्छन्
अर्को घाराे बन्छ ।
सेताे पहेंला कात्राे तुनिन्छ ।
खयर
कालारुपी चट्याङ्ले
खप्परमा बज्र नहानेसम्म – हामी जिऊछाैं ।
फगत
अाकाशमा उडदा
समुन्द्रमा तैरंदा
अारुका रुखहरु फुल्दा
सुनखरी झुल्दा
इन्द्रकमल मगमगाऊदा
संगै भुल्ने रमऊने मन
डाँकाे छाडेर रुदैन् – लाच्छि
ढाेङ्गमा भुलिन्छ ।
भिरकाे टुप्पोमा
अग्ला सग्ला मानिसहरु
भुनभुनाई रहेछन्
‘इयं विसृष्टिर्यतऽआबभूव यदि वा दधे यदि वा न |
योऽअस्याध्यक्ष: परमे व्योमंत्सोऽअंग वेद यदि वा न वेद || ७ ||’
तर्सिए – अाँखा पिलिक्क खाेल्दै
प्रसाव पिडामा
अामा बेस्सरि रुन्छिन्
असह्य – याेनी च्यातेर शिशु जन्मन्छ ।
फेरी छैठिकाे दिन – भाग्य लेखिन्छ ।
त्यसै दिनबाट अामाकाे
सिरानी कहिल्यै सुक्दैन् ।
(Source of Bhagvad gita chanting http://www.holy-bhagavad-gita.org/chapter/18/verse/66
and image credit http://www.bhagavadgita.eu/en/?cat=7)